पोखरा ।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ करोड २० लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अबधीमा ५२ लाख ५५ हजार रुपैयाँ खुद नोक्सान ब्यहोरेको यस संस्थाको सबल नेतृत्वले स्थापना भएको छोटो समयमै उत्साहप्रद प्रगती स्वरुप यो नाफा गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले बताए ।
तनहुँको बन्दीपुर डुम्रेमा केन्द्रीय कार्यालय स्थापना गरि मिति २०७४ आषाढ ३० गतेबाट कारोवार सुरु गरेको यस संस्थाले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २२ जिल्लामा रहेका आफ्ना ३३ वटा शाखाहरु मार्फत् २१ हजार ६ सय १० जना ग्राहक सदस्यहरुलाई सेवा उपलब्ध गराएको छ ।
यस संस्थाको कुल उठाउन बाँकी कर्जा १ अर्ब १४ करोड ४७ लाख ३६ हजार र सदस्यहरुको बचत रकम २६ करोड ६९ लाख ५९ हजार रुपैयाँ रहेको बताइएको छ । दोश्रो त्रैमासको बितिय अवस्था हेर्दा यो आर्थिक बर्षको अन्त्यमा संस्थाको प्रगती उच्च रहने देखिन्छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.