www.tandavnews.com
Fact ~ In search of truth

सबै क्षेत्रको सिण्डिकेट हटाउन जरुरी छः गृहमन्त्री थापा

पर्वत
संजय रेग्मी / ताण्डव न्युज ।

गृहमन्त्री रामबहादुर थापाले सरकार यातायात क्षेत्रसंगै अन्य क्षेत्रमा रहेको सिण्डिकेट हटाउन लागी परेको बताएका छन ।

मंगलबार साँझ म्याग्दी–कोरला यातयात प्रा.लि.द्धारा बेनी–काठमाण्डौ सडकमा सञ्चालित सुविधायुक्त स्तरीय यातयात सेवाको म्याग्दी सदरमुकाम बेनीमा शुभारम्भ गृहमन्त्री थापाले यस्तो बताएका हुन ।

Batas

गृहमन्त्री थापाले मुलुकको समृद्धि र आम नागरिकको आयआर्जनमा सुधार ल्याउन सरकारले यातयात संगै शिक्षा, स्वास्थ्य, उद्योग, चिकित्सा लगायतको क्षेत्रमा रहेको एकाधिकारलाई समेत अन्त्य गर्न आवश्यक रहेको बताए ।

‘मुठीभरका व्यक्तिले मात्रै हरेक क्षेत्र ओगटेका छन, सिमित मान्छे धनी छन, मुलुक र आम नागरिक गरिबीमै बस्नुपर्ने बाध्यता छ, सबैलाई समान अवसर सिर्जना गर्नको लागि एकाधिकार तोड्न जरुरी छ।’ मन्त्री थापाले भने।

जनताले नै मुलुकलाई समृद्ध बनाउने भएकाले आम नागरिक गरिबी र बेरोजगारबाट मुक्ति नभएसम्म मुलुकमा विकास र समृद्धि सम्भव नहुने उनको भनाई छ । यातयातको क्षेत्रमा बर्षौदेखिको सिण्डिकेटले यात्रुहरुलाई समेत बाधा पुरयाएको कारण सरकारले कानुनी रुपमै सिण्डिकेट हटाउने निर्णय लिएको मन्त्री थापाले बताए ।

यातयात क्षेत्रमा कानुनी रुपमा सिण्डिकेट हटेपनि व्यवहारिक रुपमा अझै पूर्ण रुपमा कार्यान्वनयमा आउन बाँकी रहेको उल्लेख गर्दै गृहमन्त्री थापाले व्यवस्थापन र व्यवस्थित गर्ने काम भैरहेको उल्लेख गरे ।

यातयात मन्त्रालयले यातयात क्षेत्रलाई व्यवस्थित बनाउन कार्यदल बनाएर आबश्यक कार्यहरु गरिरहेको बताउँदै उनले यातयात क्षेत्रलाई सुरक्षित, भरपर्दो र आरामदायी बनाउन यातयात व्यवसायीहरु प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले यातयात क्षेत्रमा हटाईएको सिण्डिकेटलाई पूर्ण रुपमा कार्यान्वनयमा ल्याउन यातयात सम्बन्धि ऐन र व्यवस्थाहरुलाई नै परिवर्तन गर्न आबश्यक रहेकोमा जोड दिए ।

प्रा.लि.का अध्यक्ष सुरत के.सी.ले काठमाण्डौ र पोखरा लगायतका क्षेत्रमा अझै पनि सिण्डिकेट हट्न नसकेको भन्दै गृहमन्त्री थापाको ध्यानकर्षण गराएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.