www.tandavnews.com
Fact ~ In search of truth

समता स्कूलका सञ्चालक उत्तम सञ्जेल प्रहरी हिरासतमा

ताण्डव न्युज । 

समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले सञ्चालन गरेकाे अस्पतालकाे कर्मचारीले आत्महत्या गरेको विषयलाई लिएर आफन्तले आन्दोलन थालेपछि सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

समता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले सोमबार राति अस्पतालभित्र पासो लगाएर आत्महत्या गरेकी थिइन्।

Batas

सय रुपैयाँमा सबै रोगको उपचार गराउने भन्दै सञ्जेलले सामाजिक अभियान चलाएर अस्पताल सञ्चालनमा ल्याएका हुन्। उनी ठूला व्यवसायी र चन्दादाताको सहयो लिएर अस्पताल सञ्चालन गरिरहेका छन्।

क्लिनरको काम गर्ने उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

सञ्जेललाई नियन्त्रणमा लिएपछि आफन्तले शव बुझ्ने भएका छन्। सञ्जेललाई समातेपछि प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.