www.tandavnews.com
Fact ~ In search of truth

समयमा कार्यालयमा पुग्न प्रदेश ३ विकासमन्त्री युवराज दुलालको निर्देशन

हेटौडाँ ।

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश शिक्षा निर्देशनालयको आज अनुगमन तथा निरीक्षण गरेका छन् ।बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा पुग्नुहुँदा दुई जना कार्यालय सहयोगी मात्र भेटिएको उनले जानकारी दिए ।

मन्त्री दुलालका अनुसार १०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा पुगेका थिएनन् । अनुगमनका क्रममा अनुपस्थित रहेका नौ जना कर्मचारीको हाजिरी रजिस्टरमा उनले रेजा लगाएका थिए । मन्त्री दुलालले कर्मचारीलाई समयमा र नियमितरुपमा कार्यालयमा आउनका लागि निर्देशनसमेत दिएको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.