www.tandavnews.com
Fact ~ In search of truth

समाचार लेखेकै भरमा ताण्डवका सम्पादक गिरीलाई पक्राउ, पत्रकार निकटका संघसंस्थाको आपत्ति

पोखरा ः पोखरामा समाचार लेखेकै आधारमा साइबर अपराध मुद्धा लगाएर पत्रकार पक्राउ गरिएको छ । बतास अर्गनाइजेशनका सञ्चालक बीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेकै आधारमा  ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरिएको हो ।

साइबर अपराध मुद्धामा पक्राउ गरी काठमाडौँ पठाउने निर्देशन अनुसार पक्राउ गरी पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए । ‘सिआइबीले पक्राउ गरेर पठाउनु भन्यो,’ उनले भने, ‘के उजुरी परेको हो हामीलाई थाहा छैन मुद्धा केन्द्रले नै हेर्छ ।’

गिरीले गत चैत २२ गते शुक्रबार ठग बिपेन्द्रराज बतास शिर्षकमा ताण्डब न्युजमा समाचार लेखेका थिए । पोखराका ब्यवसायिहरु जनकराज पहारी र मनोज श्रेष्ठ जिप्रका कास्कीमा जाहेरी दिन पुगेको बेला उनीहरु दुबैलाई उदृत गर्दै गिरीले समाचार लेखेका थिए । प्रहरीकोमा जाहेरी दिएका पहारीले २ करोड २५ लाख र मनोज श्रेष्ठले २ करोड ९८ लाख ठगी गरेको दाबी पेस गरेका छन् ।

Batas

गिरीलाई सोमबार जिप्रका कास्कीको टोलीसँगै काठमाडौँ पठाइएको छ । यता नेपाल पत्रकार महासंघ कास्की शाखाले समाचार लेखेकै आधारमा ताण्डव न्यूज साप्ताहिक तथा ताण्डव न्यूज डटकम पोखराका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको घटनामा नेपाल पत्रकार महासंघ कास्कीले ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गरी गिरीको पक्राउले पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप धएको ताएको छ । ‘समाचार लेखेकै आधारमा पटकपटक विद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम तत्काल रोक्न महासंघ जोडदार माग गर्दछ । अन्यथा, महासंघ कठोर संघर्षमा उत्रन बाध्य हुनेछ’ महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा ताण्डव न्युज साप्ताहिकका सम्पादक अर्जुन गिरीमाथि विपिन बतास (ठगि प्रकरण) समाचार प्रकरणमा साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गरि जिप्रका कास्कीद्वारा पक्राउ गरि काठमाण्डौ पठाइएको घटनाको महासंघ कास्कीले आपत्ति जनाएको उल्लेख गरेका छन् ।

‘समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाहि गर्ने प्राबधान हुदाहुदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाहि गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गरेको छ’ अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । गिरी पोखरा रहेर क्राइम न्यूज लेख्ने गर्छन ।
त्यस्तै खेलकुद पत्रकार मञ्च गण्डकी, आदीबासी जनजाती पत्रकार महासंघ फोनिज, प्रेस संगठन कास्की, लगायतका पत्रकार निकटका संस्थाहरुले पत्रकार गिरीलाई तुरुन्त रिहाइको माग गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.