www.tandavnews.com
Fact ~ In search of truth

समाजवादी पार्टीसँग एकताको सम्भावना कम :राजपा संयोजक महतो

जनकपुर ।

राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले माग सम्बोधन नभए सम्म सरकारलाई समर्थन नगर्ने बताएका छन् ।

सरकारले आफ्ना मागहरु सम्बोधन नगरेकाले सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका बताए । त्यस्तै महतोले समाजवादी पार्टीसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन्।

Batas

आज(शुक्रबार) जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले एकताको सम्भावना तत्कालका लागि क्षीण भएको बताए।देशमा कांग्रेस र कम्युनिष्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको बताए।

महतोले लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादी लगायतका पार्टीसँग एकताको कुरो भइरहेको बताए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.