www.tandavnews.com
Fact ~ In search of truth

समाजवादी पार्टी कास्कीबाट धर्मराज गुरुङको उम्मेदवारी

पोखरा ।

आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको हो ।समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक गिरीप्रसाद गुरुङले वैकल्पिक शक्तिको रुपमा उदाएको समाजवादी पार्टी संघीयताको जननी भएको उल्लेख गर्दै देशको परिवर्तनका लागि योग्य उम्मेदवा्र उठाएको दाबी गरे ।

सो अवसरमा उम्मेद्वार गुरुङले पहिचानको सम्मान, संघीयताको कार्यान्वयन तथा मुलुकमा सुशासन र समृद्धिसँगै नेपाली राजनीतिलाई मार्गदर्शन गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।चुनावी प्रचारप्रसारका लागि ५०१ जनाको समिति बनाएको चुनाव प्रचारप्रसार समितिका संयोजक हुमबहादुर गुरुङले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.