www.tandavnews.com
Fact ~ In search of truth

समानताको दिशामा लागौँ– मुख्यमन्त्री गुरुङ

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समानताको दिशामा एकिकृत रुपमा लाग्न आह्वान गरेका छन् । ५४ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (२१ मार्च) को उपलक्ष्यमा शुभकामना जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ”“वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सवै प्रकारको जातीय छुवाछूतको अन्त्य गरी आर्र्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने हाम्रो संवैधानिक संकल्प हो, यस संकल्पलाई व्यवहारमा उतार्न सक्दामात्र समृद्ध नेपाल र सुखी नेपालीको हामो साझा र राष्ट्रिय लक्ष्य पुरा हुनेछ ।”

संयुक्त राष्ट्र संघले सन् १९६६ वाट मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीभेद तथा रङ्गभेद उन्मूलन दिवसका रुपमा घोषणा गरेपश्चात नेपालमा विशेषगरी उत्पीडित दलित जाति÷समुदायको तर्फवाट आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक अधिकारका लागि आवाज वुलन्द गर्दै यस दिनलाई अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका रुपमा विविध कार्यक्रमसहित मनाउने गरिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.