www.tandavnews.com
Fact ~ In search of truth

समृद्ध बन्न उत्पादनमा जोड दिनुपर्छ : अर्थमन्त्री गुरुङ

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मुलुक समृद्ध बन्नका लागि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

पोखरामा शनिबार आयोजित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभामा बोल्दै अर्थमन्त्रीले यस्तो अभिब्यक्ति प्रस्तुत गरेका हुन । उनले व्यवसायिक रुपमा उत्पादनमा लगानी गर्न नसकेको बताउदै घर र जग्गालाई मात्र सम्पत्तिको रुपमा बुझ्नु हरेक ब्यवसायीको भ्रम रहेको टिप्पणी गरे ।

Batas

समृद्ध मुलुकको उदाहरण दिदै मन्त्री गुरुङले सम्पत्तिको रुपमा पुँजी र निरन्तर आम्दानी तथा उत्पादन दिने बस्तुका कारण मुलुक समृद्ध बन्ने भएकारले सम्पत्ति मानिने बताए ।

नेपालमा आफुले चढेका गाडी, बंगला तथा जग्गालाई सम्पत्तिको रुपमा मानिने मनोवृत्तिका कारण मुलुक समृद्ध बन्न नसकेको समेत बताउदै उत्पादनमुखी व्यवसायमा जोड दिनुपर्ने तर्क राखे । पहिले १०० रुपैया हात पर्ने जग्गालाई अहिले बजार बिकासको कारणले लाखौ पर्छन होला, उनले भने ‘ब्यक्तिगत रुपमा केही सम्पन्न देखिएपनि उत्पादनको सवालमा मुलुकलाई आर्थिक रुपबाट समृद्ध बनाउनमा कुनै सहयोग पुग्दैन । मुलुक समृद्ध बन्दैन ।’

उनले मुलुकलाई समृद्ध बनाउनका लागि उत्पादनमुलक क्षेत्र र व्यवसायमा लगानी गर्नेपर्ने धारणा राखे ।

उनले बिभिन्न बित्तिय संस्था तथा बैङ्कहरुले अनेक थरीका प्याकेजका नाममा महिना दिनको फरक पार्दै ब्याजदरमा बृद्धि गरेको टिप्पणी गर्दै व्यावसायीहरु मारमा परेको बताए । ‘बित्तिय संस्थाले निर्धारण गरेको ब्याजदरमा स्थायित्व हुनुपर्छ, उनले भने ‘तब मात्र निरन्तर उत्पादन दिने व्यावसायमा सहजै लगानी गर्ने वातावरण सिर्जना हुन्छ । मुलुकलाई समृद्ध बन्न टेवा पुग्छ ।’ मन्त्री गुरुङले चर्काे ब्याजदरका कारण कतिपय उत्पादनमूखी व्यावसायीहरु धारासाही बनेको भन्दै व्यवसाय टिक्न नसकेको उल्लेख गरे ।

मन्त्री गुरुङले फरक प्रसंगमा बोल्दै राजनैतिक परिवर्तन भैसकेको बताउदै अहिले मुलुकले आर्थिक परिवर्तन खोजेको भन्दै त्यसतर्फ सम्बन्धित पक्षको ध्यान जान आवश्यक रहेको उल्लेख गरे । ‘आर्थिक समृद्धिको केही समयपछि बल्ल सांस्कृतिक परिवर्तन हुन्छ ’ मन्त्री गुरुङले भने ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.