www.tandavnews.com
Fact ~ In search of truth

सरकार कमजोर बन्नु सीमा अतिक्रमणको प्रमुख कारण

काठमाडौं ।

वरिष्ठ पत्रकार भैरव रिसालले भारत र नेपालबीचको सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर रहेको बताएका छन् ।

संवाद डलबीले आज आयोजना गरेको सीमा सुरक्षा कार्यक्रममा उनले जनताको भावनामा चोट आए राम्रो नहुने भन्दै सीमा सुरक्षाका विषयमा धेरै कुरा उठे पनि यसको समाधान कुनै पनि सरकारले गर्न नसकेको बताए ।

उनले भने, ‘सरकार कमजोर बन्दै जानु पनि सीमा अतिक्रमणको प्रमुख कारण हो ।’ सन् १९८१ देखि २०१८ सम्म भारतमा १० मात्र सरकार परिवर्तन भएको तर नेपालमा १८ वटा सरकार परिवर्तन भएका बताए।

रिसालले सरकारलाई जनताको पूर्ण समर्थन रहेको उल्लेख गर्दै जुनसुकै संयन्त्र प्रयोग गरेर नेपाली भूमि फिर्ता गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिए । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रकाश रोकायाले चीनले जस्तै नेपालले पनि जनतासँग पैसा उठाएर सीमामा पर्खाल राख्नुपर्ने बताए ।

नेकपाका अर्का नेता कर्णजित बुढाथोकीले भारतले नेपाली भूमि मात्र अतिक्रमण नगरेको जानकारी दिँदै अन्य छिमेकी देशको भूमि पनि अतिक्रमण गरेको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.