www.tandavnews.com
Fact ~ In search of truth

सरसफाइ मन्त्री बिना मगर अस्पताल भर्ना

 

 

पोखरा,
ताण्डव न्यूज ।

खानेपानी तथा सरसफाइ मन्त्री विना मगरको स्वास्थ्यमा समस्या देखिएको छ ।

Batas

गएराती स्वास्थ्यमा समस्या आएपछि मन्त्री मगरलाई अस्पताल भर्ना गरिएको छ ।भाइरल ज्वरोका कारणलाई ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो।

मन्त्री मगरकी सासु सीता दाहाल पनि सोही अस्पतालमा आइतबार देखि उपचाररत छिन्।ज्वरो र खोकीले सिकिस्त भएपछि आइतबार बिहान अस्पतालमा भर्ना गरिएकी सीता दाहालको पनि स्वास्थ्य सुधार भइरहेको बताइएको छ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार मन्त्री मगरको नाक र घाँटीमा संक्रमण भएको छ। अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ।

तस्बिर : फेसबुकबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.