www.tandavnews.com
Fact ~ In search of truth

सरस्वती प्रतीक्षाको ‘नथिया’ माथि सर्वाेच्च अदालतको यस्तो फैसला

ताण्डव न्युज ।

सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ माथी परेको मुद्धाको सर्वाेच्च अदालतले फैसला सुनाएको छ । वादी समुदायको कथामा बनेको सरस्वती प्रतीक्षाको नथियासँगै विवेक ओझाको उपन्यास ‘ऐलानी’ र दीपक वलीको फिल्म ‘पण्डित बाजेको लौरी’ माथि सर्वोच्च अदालतमा परेको मुद्धाको फैसला भएको हो ।
उपन्यास र फिल्मले वादी समुदायको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै यस समुदायका केही ब्यक्तिले गत भदौ ३० मा सर्वोच्चमा मुद्धा दायर भएको थियो ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले जारी गरेको आदेशको बुँदा–३३ मा भनिएको छ, ‘साहित्य सर्जकले प्रयोग गरेको शब्द, भाषा र शैलीलाई खास सामाजिक सन्दर्भमा हेरी मुल्यांकन गरिनु पर्दछ । त्यसैले अन्यथा खराब मनसाय नभएको अवस्था र प्रचलित कानुनले निषेध नगरेको कुरामा कुनै साहित्यकार वा सर्जकलाई उत्तरदायी ठहराउनु उचित र विकेकपूर्ण ठानिदैन ।’
यो बुँदालाई लिएर ‘नथिया’ की लेखिका सरस्वती प्रतीक्षाले आफ्नो जित भएको बताएकी छन् । सामाजिक सञ्जालमा उनी भन्छिन, ‘लेखकीय स्वतन्त्रताको सम्मान गर्दै अदालतको जुन फैसला आएको छ, त्यसका लागि सम्म्माननीय सर्वोच्च अदालतप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

Batas

त्यस्तै, बुँदा–३५ मा भनिएको छ, ‘ऐलानी तथा नथियाको अर्को संस्करण प्रकाशन गर्दा तथा अन्य कुनै साहित्य सिर्जना गर्दा सम्बन्धित व्यक्ति, वर्ग वा समुदायको भावनामा आघात नपुग्नेतर्फ विपक्षीहरू लेखकरलेखिका तथा प्रकाशकहरूको समुचित ध्यानाकर्षण हुने कुरामा यो इजलास विश्वास व्यक्त गर्दछ ।’
यस बुँदालाई आधार मानेर वादी समुदायले पनि न्याय महसुस गरेका छन्। वादी समुदायको तर्फबाट अगुवाहरू मीना नेपाली, केशव वादी, गोपाल वादी, रञ्जिता नेपाली र निर्मल वादीले मुद्धा दायर गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.