www.tandavnews.com
Fact ~ In search of truth

सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी

काठमाडौँ (रासस)

सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

शनिबार साँझ सम्पन्न मतपरिणामअनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित भएको हुन् । उनका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद प्रसाईंले जानकारी दिए ।

Batas

यस्तै उपाध्यक्षमा राजु खड्का, सचिव शुभनराज आचार्य, सहसचिव पूर्णिमा रिमाल गुरागाईं र कोषाध्यक्ष सरोजकृष्ण घिमिरे निर्वाचित भएका छन् ।

यस्तै महिला सदस्यमा किरणकुमारी गुप्ता, सदस्यमा राजु आचार्य, राजाराम उपाध्यय, पुष्पराज पौडेल, दीपेन्द्रकुमार राई, रमेश महर्जन, भुवनप्रसाद काफ्ले, कल्याण पोखरेल र सन्तोषकुमार महतो निर्वाचित भएका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.