www.tandavnews.com
Fact ~ In search of truth

सर्वोत्कृष्ट खेलाडीले एक÷एक लाख पाउने

काठमाडौँ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा यसै महिना हुने उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सर्वोत्कृष्ट घोषित हुने एक महिला र एक पुरुष खेलाडीले जनही एक लाख पुरस्कार पाउने भएका छन् ।

अघिल्लो वर्षका प्रतियोगिताहरुमा गरेको प्रदर्शनका आधारमा सर्वोत्कृष्ट खेलाडीको घोषणा गरिने सङ्घले जनाएको छ । सङ्घका अनुसार सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने पुरस्कार यस वर्षदेखि जनता बैंकले उपलब्ध गराउने भएको छ ।

बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अजय मिश्र र खेलाडी सङ्घका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठले सम्झौतापत्रमा आज हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले आगामी पाँच वर्षसम्म सङ्घलाई सर्वोत्कृष्ट खेलाडी पुरस्कारका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले बैंकको यो सहकार्यबाट खेलाडीहरुलाई विशेष प्रोत्साहन मिलेको बताए । अन्तर्राष्ट्रिय जगतमा देशको नाम उच्च राख्न पसिना बगाउने खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यमा सङ्घले लामो समयदेखि वर्ष खेलाडी सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.