www.tandavnews.com
Fact ~ In search of truth

सवारीमा चर्को भाडा, स्थानीय निकाय मौन

संजय रेग्मी
पर्वत / ताण्डव न्यूज ।

पर्वत सदरमुकाम कुस्मादेखि दक्षिण पर्वतका लागि संचालित यात्रुबहाक सवारी साधनले चर्को भाडा लिँदा नागरिकहरु समस्यामा परेका छन ।

दैनिक रुपमा फलेवास नगरपालिका, महासिला गाउँपालिका र विहादि गाउँपालिकाका विभिन्न स्थानमा चल्ने जीप र मिनि बसले मनपरी रुपमा भाडा असुली गरिरहँदा नागरीकहरु चर्को भाडा तिर्न बाध्य भएका हुन । अहिले सदरमुकाम कुश्मादेखि साईकल चोक सम्मको बाटो कालो पत्रे भई सकेको छ भने मुडिकुवा देखि लमायखोला सम्मको बाटो पनि कालोपत्रे गरिसकिएको छ । तर सवारी साधनले भने पुरानै कच्ची सडकको भाडा असुली गर्न छोडेका छैनन् ।

फलेवास नगरपालिका ७ लिमिठानाका राजकमल शर्माका अनुसार सवारी साधनको मनोमानी भयो भनेर फलेवास नगरपालिकामा जानकारी गराउँदा पनि आश्यक नियमन नहुँदा नागरिकलाई अप्ठ्यारो परेको छ । सदरमुकाम कुश्मादेखि फलेवाससम्मको सडक झण्डै १९ किलोमिटर छ यसमध्ये बीच भागमा ५ सय मिटर सडक मात्र कालोपत्रे गर्न बाँकी छ ।

यो रुटमा चल्ने जीपले २ सय ५० र बसले २ सय रुपैयाँ सम्म लिने गरेका छन । यस्तै, लिमिठानाबाट कुश्मा चल्ने जीपले ३ सय र बसले २ सय ५० रुपैयाँ लिने गरेका छन । कुश्माबाट पोखरासम्मको दूरी ६० किलोमिटर जुन सडक अहिले मध्यपहाडी लोकमार्गका कारण पूरी कच्ची अवस्थामा छ। तर भाडा भने १ सय ६५ रुपैयाँ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार पर्वतमा रुट परमिट कायम गरिएका सडकहरुमा बसको लागि प्रतिकिलोमिटर ७.५० पैसा तोकिएको छ भने जीपको लागि ८.५० पैसा तोकिएको छ । यद्यपी, जिल्लामा चल्ने सवारी साधनहरुले तेब्बर सम्मको भाडा अशुली गरिरहेको प्रस्ट देखिने गरेको छ । कच्चि बाटो हुँदा र बाटो कालो पत्रे भैसक्दा पनि एउटै भाडा तिर्नु पर्ने अवस्थामा रहेका स्थानियले चाडो भन्दा चाडो भाडा समायोजन गराउनु पर्ने माग गर्दै आएका छन ।

एकातर्फ चर्को भाडा तिरेर यात्रा गर्न स्थानिय नागरीक बाध्य छन भने अर्को तर्फ ग्रामिण क्षेत्रमा चल्ने सबैजसो सवारी साधनहरुले क्षमताभन्दा बढि यात्रुहरुलाई यात्रा गराउँदा निकै समस्या हुने गरेको यात्रुको गुनासो छ । प्रहरीको आँखा छल्नको लागि व्यवसायीहरुले प्रहरी चेक पोस्ट रहेको ठाउँमा यात्रु झार्ने र चेक कटेपछि तिनै यात्रुलाई राखेर यात्रा गराउदा दुर्घटनाको समेत जोखिम बढेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.