www.tandavnews.com
Fact ~ In search of truth

‘सहकारीको दायरा निकै फराकिलो छ’

पोखरा
ताण्डव न्यूज ।

 

यस कार्यालयले कस्तो भूमिका निर्वाह गरिरहेको छ ?

कास्की जिल्लामा ६२९ सहकारी संस्थाहरु रहेका छन् । हाम्रो काम भनेको जिल्लामा अवस्थित सहकारीका पदाधिकारीहरुलाई प्रशिक्षण दिने, कास्कीमा रहेको सहकारी संघ संस्थाको नियमन गर्ने काम गर्दै आईरहेका छौं ।

Batas

हामीले सञ्चालन गर्दै आइरहेका सहकारी संघ–संस्थाहरु स्थानीय निकाय र प्रदेशका कृषि तथा सहकारी मन्त्रालयलाई हस्तान्तरण गर्ने अभियानमा छौं र हस्तान्तरणको लागि काम पनि गरिरहेका छौं ।

कहिले हस्तान्तरण हुन्छ ? त्यसपछि सहकारीको अवस्था कस्तो रहला ?

हामीले चैत्र २३ गतेलाई मिति निर्धारण गरेका छौं । सरोकारवालासँग छलफल गर्न बाँकी छ । सम्भवत् यस महिना भित्रमा नै हामीले हस्तान्तरण गरि सक्नेछौं ।

सहकारी संस्था हस्तान्तरण भइसकेपछि जुन–जुन निकायलाई हामी हस्तान्तरण गर्छौ तिनै निकायले सहकारीको सञ्चालन गर्नुहुनेछ । स्थानीय तह वा प्रदेश सरकारले सञ्चालन सम्बन्धी कानुन बनाएर सहकारी दर्ता, खारेजी लगायतका महत्वपूर्ण काम मन्त्रायलबाटै हुनेछ ।

सहकारी सम्बन्धी विद्यमान ऐन परिवर्तन हुने हो ?

मुलुकमा संघीय संचरना कार्यान्वयनमा आईसकेको छ । सरकारका तीन तहका अवधारणाहरु लागु भइरहेका छन् । सरकारका आवश्यक कानुन बनाएर सहकारी सञ्चालन हुनेछ ।

प्रसंग बदलौं, सहकारीको आकर्षण किन हुन्छ ?

सहकारीको आकर्षण किन भन्दा पनि सहकारीको दायरा निकै फराकिलो छ । सहकारी बिना हामीले संविधानमा राखेको बुँदा समाजवाद उन्मुख अर्थव्यवस्था प्राप्त गर्न कठिन छ । सहकारीको विकासले नै यो सम्भव छ । उत्पादन, प्रशोधन र वितरण नै सहकारी हो । सहकारीको सबै लगानी उत्पादनमुलक क्षेत्रमा लैजाने हो भने हजारौंको संख्यामा रोजगारीको अवसर खुल्न सक्छन् ।

हाम्रा दाजुभाई विदेश जानुपर्ने बाध्यता हट्नेछ । सहकारीको चुनौती भनेको सहकारीको पुँजी उत्पादन क्षेत्रमा लगानी गर्नु हो । सहकारी सञ्चालन गर्ने सरकारी निकायहरुले यस किसिमको चुनौती सामना गर्नु हो । यस विषयलाई व्यवस्थित गर्न सकेमा आगामी दिन सहकारीका लागि सुनौलो हुनेछ ।

सहकारीको नियमन भनेको के हो ?

सहकारी कानुनद्वारा सञ्चालन हुनुपर्दछ भन्नु नै सहकारीको नियमन हो । नियमनमा दर्ता देखि खारेजीसम्मका सबै अधिकार हुन्छन् । सहकारी स्वतन्त्र र स्वायत्त हो । सहकारी व्यवसाय सिद्धान्त र मूल्य मान्यता बमोजिम चल्नुपर्दछ ।

सहकारीका सिद्धान्त, मूल्य मान्यता कानुन अनुकुल हुनुपर्दछ । कानुन र सिद्धान्त मिलनबिन्दु बाट नै सहकारी सञ्चालन हुनुपर्छ ।

सहकारीलाई उत्पादमुखी बनाउनका लागि के गर्नुपर्ला ?

सहकारीले यस किसिमको आकार लिन्छ भन्ने हामीले बनाएको कानुनले सोच्दै सोचेन । सहकारीको आकारले अर्थतन्त्रको एउटा खम्बा बनिसकेको छ । अब यसलाई खुम्च्याउने होइन यसलाई सुदृढीकरण गरी विस्तारमै जोड दिनुपर्दछ ।

सहकारीको पँुजी उत्पादनमा क्षेत्र लगानी गर्न सहकारी संस्थालाई उन्मुख गरियो भने सहकारी क्षेत्रहरु उत्पादन क्षेत्रमा प्रेरित हुनेछन् । उत्पादन क्षेत्रमा गरिएको लगानीको सुरक्षा सहकारी नियमन गर्ने निकायले गरिदिने हो भने सहकारीले पनि उत्पादन क्षेत्रमा लगानी गर्न तयार हुनुहुन्छ ।

सहकारी क्षेत्रमा सुगमता ल्याउनका लागि अब बन्ने ऐनमा के समेट्नु पर्ला ?

सहकारी सञ्चालनमा सुगमता ल्याउनका लागि नेपाल सरकारले सहकारी तथा गरिबी निवारण सम्बन्धी सूचना प्रणाली त्यसले सहकारी सञ्चालनका लागि सहज बनाउँछ । सहकारी संस्थाहरुलाई पनि प्रतिवेदन लिएर स्थानीय वा प्रदेश सरकार कार्यालयसम्म आउन नपरोस् ।

सहकारीले अनलाइन सेवा प्राप्त गर्न सक्ने व्यवस्था सूचना प्रणालीले गरेको छ । जसमा सहकारी दर्ता, अनुगमन जस्ता काम गर्न सकिन्छ । सबै सहकारीलाई सो दायरामा ल्याएर काम गरे भने सहकारी सञ्चालनमा सहज हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.