www.tandavnews.com
Fact ~ In search of truth

‘सहकारीहरुकै हितका लागि राष्ट्रिय सहकारी बैंक’

पाेखरा
ताण्डव न्यूज । 

राष्ट्रिय सहकारी बैंक स्थापनाको उद्देश्य के हो ?

देशमा सहकारीहरुको सङ्ख्या बढ्दै थियो । सबै सहकारी संस्थाहरुले वित्तिय सेवा लिनका लागि आफ्नै बैंक हुनुपर्छ भन्ने आवश्यकता महशुस गरियो र २०६० असार २५ गते सहकारी विभागमा दर्ता भई बैंकले कारोबार सुरु गरेको हो । हाम्रो उद्देश्य भनेकै सहकारीहरुको हित नै हो । सहकारी विभागमा दर्ता भई सञ्चालनमा आएका सहकारीहरुसँगको समन्वयमै हामी अघि बढिरहेका छौं ।

Batas

सहकारीको हितका लागि काम गर्छौ भन्नुभयो । यस बैंकसँग जोडिँदा संस्थाहरुलाई फाइदा के ?

अहिले हामीसँग देशभर ४४ शाखा र एक कर्पोरेट अफिस गरि ४५ स्थानबाट सेवा दिइरहेका छौं । यस सहकारी बैंकले होलसेलको रुपमा काम गर्छ । कुनै सहकारीसँग निक्षेप बढी भो, लगानी गर्न गाह्रो भो भने भने तरलताको रुपमा रहन्छ ।

विभिन्न बैंकहरुमा राख्नुपर्ने हुन्छ । अन्य वित्तीय संस्थाहरुले व्याज मात्र दिनुहुन्छ । हामीले डिपोजिटमा ब्याज त दिन्छौं नै । सँगै उहाँहरुको डिपोजिट अन्य सहकारीमा लगानी गछौं र उहाँहरुलाई त्यस बापत लाभांश पनि प्रदान गछौं ।

कास्कीमा सहकारी बैंकको अवस्था कस्तो छ ?

कास्कीमा सहकारीको सङ्ख्या ५ सय बढी पुगिसकेको छ । त्यसमध्ये ३ सय सहकारी हामीसँग आवद्ध हुनुहुन्छ । शेयर रकम ७ करोड संकलन गरिएको छ । निक्षेप सङ्कलन १ अर्ब २० करोड र १ अर्ब कै हाराहारी कर्जा लगानि गरेका छौं । अहिलेसम्म खराब कर्जाको अवस्था छैन ।

अब हामी छिट्टै नै ग्रामीण भेगका सहकारीहरुसँग पनि जोडीने प्रयत्न गर्देछौं । कतिपय सहकारीहरुलाई हाम्रो सेवासुविधा बारे थाह नहुन पनि सक्छ । अभियान नै चलाएर हामी गाउँ– गाउँ पुग्ने छौं । बैंकको सेवा विस्तार दुर दराजसम्म प्रभावकारी र पारदर्शी गराउने अठोट लिएर अघि बढ्दै छौं ।

यस बैंकमा आबद्ध सहकारीहरुका लागि अन्य कुनै कार्यक्रमहरु पनि आयोजना गर्नुहुन्छ कि ?

अवश्य गर्छौं । अहिले सहकारीहरुमा विविधिकरण छ । उद्योग, कृषि, सञ्चार लगायतका क्षेत्रमा पनि लगानीका लागि सहकारीहरु स्थापना भइरहेका छन् । यसका लागि हामीले क्षमता अभिवृद्धि हुने तालिम, गोष्ठीहरु आयोजना गछौं । सहकारीहरुमा विविधिकरण आइसकेपछि चुनौतिहरु पनि प्रशस्त छन् । यसकालागि हामीले ३ तहको तालिम गर्दै आएका छौं ।

आधारभूत, मध्यम र हाइ लेभलको तालिम आयोजना गर्छौं । यसबाहेक संस्थालाई कसरी अघि बढाउने त ? कसरी वेल स्टाब्लिस्ड र म्यानेज गराउने ? भन्ने विषयमा अन्र्तक्रिया, छलफल जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं र आगामि दिनमा पनि निरन्तरता दिँदै थप कार्यक्रमहरु गर्नेछौं ।

यी बाहेक अन्य सेवाहरु पनि छन् कि ?

२०६७ श्रावण १० देखि यस सहकारी बैंकलाई राष्ट्र बंैकले सीमित बैंकिङ कारोवारका लागि स्वीकृति दिएको छ । हामीले रेमिट सेवा पनि उपलब्ध गराउँछौ । रेमिट सेवाका लागि सब एजेन्टको रुपमा सहकारी संथाहरुलाई दिन्छौं । हाम्रो आफ्नै एनसिबिएल रेमिट पनि सहकारी मार्फत सञ्चालन गर्न सक्नुहुन्छ ।

र, अन्त्यमा ?

यस वैंकको सेयर खरिद गरी सबै सहकारी संघसंस्थाहरुलाई राष्ट्रिय सहकारी बैंकमा आवद्ध हुन अनुरोध गर्छु । आफूसँग निक्षेप बढी हुँदा यस बैंकमा राखी अन्य भन्दा बढी व्याज प्राप्त गर्न र तरलताको अभाव हुँदा सहज कर्जा लिन पनि हामीसँग यहाँहरु जोडिन आवश्यक छ जस्तो लाग्छ ।

र अन्त्यमा सहकारी मार्फत गरिबी निवारण गर्ने कार्यमा सहकार्य गरिदिनुहुन अनुरोध गर्दै सम्पूर्णमा नजिकिदै गरेको दीपावली तथा छठ पर्व २०७५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.