www.tandavnews.com
Fact ~ In search of truth

साँगीतिक कलाकारको होली फेस्टिबल

पोखरा,
ताण्डव न्यूज ।

चैत ६ गते फागु पूर्णिमाको अवसर पारेर ‘पोखरा होली फेष्टिबल– २०७५’ को आयोजना गरिएको छ ।

लेकसाइड हल्लनचोकस्थित क्याम्पिङचौरमा रंगसँग संगीत जोडेर होलीलाई बिशेष बनाउनका लागि पोखरा साँगीतिक कलाकार संघ, नेपालले कार्यक्रमको आयोजना गरेको हो ।

Batas

पर्वलाई बिशेष रुपमा मनाई रमाइलोसँगै साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्नुका साथै पोखरेली कलाकारहरुको हक, हित र अधिकार स्थापित गदै उनीहरुको उपचारका लागि अक्षय कोष र कलाकार कोषको अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष सुनिल थापाले बताए ।

‘पोखरामा अझै पनि प्राविधिक तरिकाले संगीतमा विकास हुन सकेको छैन,’ उनले भने, ‘अझै पनि काठमाडौंकै भरमा बस्नुपर्छ ।’
अहिलेको साँगीतिक क्षेत्रमा ट्यालेन्ट मात्र भएर नहुने थापाको भनाई छ । ‘ट्यालेन्ट भएर के गर्नु एक्सपोज गर्ने माध्यम छैन,’ उनले भने, ‘अहिले कलालाई भन्दा कलाकारलाई इन्भेस्टमेन्ट गर्नुपर्छ ।’

११ बजेदेखि सुरु हुने कार्यक्रममा २ बजेसम्म डिजे सिसेन रहनेछ । २ बजेदेखि साढे ३ बजेसम्म बिनोद बानिया, भाई गुरुङ, सागर शाह, आनन्दराज बज्राचार्य, प्राप्ती तुलाचन, बबी सुनारले सोलोे प्रस्तुति प्रस्तुत गर्नेछन् ।

यस्तै कन्दरा ब्याण्ड, डि–मार्च ब्याण्ड, लेकाली र देउराली ब्याण्डले ६ बजेसम्म दर्शकलाई मनोरञ्जन दिनेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.