www.tandavnews.com
Fact ~ In search of truth

साँग्रिला अब रोल्पामा पनि

पोखरा ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले यहि पौष १७ गते हिजो मङगलबार रोल्पामा शाखा विस्तार गरेको छ ।

जिल्लाको सुुनील स्मृति गाउंपालिका स्थित सुुलीचौरमा विस्तार गरिएको शाखाकोे बैंकका संचालक अच्युुत प्रसाद प्रसाई तथा सुुनील स्मृति गाउंपालिकाका अध्यक्ष गुुनेन्द्र घर्तिले संयुुक्त रुपमा उद्घाटन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रममा बैंकका संचालक अच्युुत प्रसाद प्रसाई, सोही गाउँपालिकाका वडा अध्यक्ष गन्ज बहादुर क्षेत्री, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष वालकृष्ण सुवेदी, तथा ग्राकहका तर्फबाट स्थानीय व्यापारी बीर बहादुर घर्तीले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।

स्थानीय विकासको आधार भन्ने आफ्नो मुुलमन्त्रलाई आत्मसाथ गर्दै सुुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट ग्रामिण क्षेत्रका जनताहरु बिच आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै देशभर शाखा संजाल विस्तार गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधाको पहुुंच पुुर्याउने बैंकको लक्ष्य रहेको छ ।

हालसम्म सातवटै प्रदेशमा गरि बैंकको शाखा संख्या ७७, तथा २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.