www.tandavnews.com
Fact ~ In search of truth

सांग्रिलाका अध्यक्ष अच्युुतप्रसाद प्रसाइद्धारा शपथ

 

 

पोखरा ।

सांग्रिला डेभलपमेन्ट बैंकको हालै सम्पन्न चौंधौ बार्षिक साधारण सभाबाट निर्वाचित ६जना संचालकहरु मध्ये नव निर्वाचित संचालकहरुको २२४ औ बैंठकबाट सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका अच्युुतप्रसाद प्रसाईले हिजो मङगलबार नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Batas

बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भए पछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढांचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने ब्यवस्था बमोजिम प्रसाईले शपथ लिनुु भएको हो ।

नेपाल राष्ट्र बैंक, बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको समुुपस्थितीमा अध्यक्ष प्रसाईले शपथ लिनुु भएको प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

बालुवाटार काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैकले आ.ब. २०७५÷७६ को दोस्रो त्रैमासमा करिब १८ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन तथा १६ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरि करिब २९ करोड ५० लाख रुपैयाँ संचालन मुुनाफा आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.