www.tandavnews.com
Fact ~ In search of truth

सांग्रिलाको १४ औँ बार्षिक साधारण सभा सम्पन्न

 

 

 

पोखरा ।

सांग्रिला डेभलपमेन्ट बैंकको १४ औँ बार्षिक साधारण सभा सोमबार काठमाण्डौमा सम्पन्न भएको छ ।

Batas

सभाले आर्थिक बर्ष २०७४÷७५ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा. रबिन्द्र प्रसाद श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन माथी छलफल गरि पारित गरिएको बताइएको छ । सभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक बर्ष ०७४÷७५ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको ४ प्रतिशत बराबरको बोनश शेयर तथा ५.४५ प्रतिशत नगद लाभांस कर सहित बितरण गर्ने साधारणसभाबाट पारित भएको छ ।

सो बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ६० करोड ६६ लाख ४० हजार ४ सय हुने प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

साधारण सभाका अवसरमा संस्थापक समुह तथा सर्वसाधारण समुहका शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३र३ जना संचालकहरुको निर्वाचनमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने अच्युत प्रसाद प्रसाई, शान्तराज बतास र सुशिलकाजी बाँनिया तथा सर्वसाधारण शेयरधनीको तर्फबाट गंगासागर ढकाल, सुमन कुमार श्रेष्ठ र रबिना शेरचन र्निबिरोध निर्वाचित भएका छन ।

नवनिर्वाचित संचालक समितीको बैठकले अच्युत प्रसाद प्रसाईलाई आगामी कार्यकालको लागी अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।हल ७७ वटा शाखा संजाल रहेको यस विकास बैंकको काठमाण्डौ उपत्यकामा थप पांचवटा शाखाहरु पेप्सीकोला, टोखा, नयांबानेश्वर, सानेपा, र ठीमी भक्तपुुर सहित विकट हिमाली दुुर्गम जिल्ला हुुम्लाको सिमीकोट, त्यस्तै बयलबास, जितपुुर, धरान र लाहान गरि १० वटा शाखाहरु खोल्न नेपाल राष्ट्र बैंककाट स्वीकृति प्राप्त भई निकट भविष्यमा संचालन हुुने क्रममा रहेको छ ।

सो पश्चात बैंकको शाखा सन्जाल ८७ पुुग्नेछ । आफ्नो २३ वटा ब्त्ः बाट सेवा प्रदान गर्दै आएको यस बैंकले भिसा डेबिड कार्ड संचालनमा ल्याई सकेको छ । एपोलो हस्पीटल, नयां दिल्ली इन्डीयासंग सम्झौता गरि यस विकास बैंकका भिजा कार्ड प्रयोगकर्ता ग्राहक, शेयरधनी, कर्मचारी तथा तिनका परिवारहरुले एपोलो हस्पीटलमा सेवा लिंदा उक्त सेवाहरुमा १० प्रतिशत सम्म छुुट पाउने छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.