www.tandavnews.com
Fact ~ In search of truth

सांग्रिला र नेपाल मेडिसिटीबीच उपचार सम्झौता

पोखरा ।

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटी हस्पिटल बीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन ।

यो सम्झौता पछि अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाको भिसा डेविट कार्ड प्रयोगकर्ता ग्राहकहरुले नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन । बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिलाई सहयोग गर्न लागिएको बैकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.