www.tandavnews.com
Fact ~ In search of truth

सांसदलाई दिएको ६ करोड संविधान विपरित !

पोखरा ।

निर्वाचन क्षेत्रमा खर्च गर्न सांसदलाई दिने भनिएको ६ करोड रकम बजेटबाट हटाउन माग गर्दै दायर भएको रिट अलपत्र परेको छ ।

संवैधानिक इजलास बस्न नसक्दा रिट अलपत्र परेको हो । अधिवक्ता पारसमणि भट्टराईले संविधानको धारा १, ४, ५६ र ५७ सगँ बाझिएको भन्दै रकम बदर गरिपाउँ भनी रिट दायर गरेका हुन् ।

Batas

दायर गरिएको रिटमा निर्वाचन क्षेत्रको विकासमा खर्च गर्न सांसदलाई छुट्याइएको रकम संविधान विपरित भएको जिकिर गरिएको छ।

संवैधानिक इजलास हरेक साताको बुधबार र शुक्रबार बस्ने कानुनी व्यवस्था छ।तर आज शुक्रबार बस्ने भनिएको इजलास बस्न नसकेपछि रिट अलपत्र परेको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.