www.tandavnews.com
Fact ~ In search of truth

सांसद भक्कानिँदै भनिन् – मान्छे मार्ने काम बन्द गर

ताण्डव न्यूज ।

सत्तारूढ नेकपाकी सांसद तीर्था गौतमले मान्छे मार्ने काम बन्द गर्न सरकारसँग आग्रह गरेकी छन्। संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्यसमेत रहेकी सांसद गौतमले समिति बैठकमै भक्कानिँदै , ‘आज नेपालीको छोरो मरेको छ, यसरी मार्नु ठिक होइन संवादबाट समस्या समाधन गर्नुपर्छ, १० वर्षे ‘जनयुद्ध’को घाउ आलै छ, देश पूर्णरूपमा शान्त बनेको छैन’ उनले भनिन्, ‘सत्यनिरूपण तथा बेपत्ताको छानबिन भएको छैन, सानो झिल्कोले ठूलो रूप लिन सक्छ।’

उनले गाेलीबाट हैन संवादबाट निकास दिन आग्रह गरिन्।  गौतमका पति यदु गौतमलाई तत्कालीन नेकपा एमालेका रुकुम सचिव तथा प्रतिनिधिसभाका सदस्य रहेकै बेला माओवादी विद्राेहीले २०५५ साल फागुन २१ नियन्त्रणमा लिएर हत्या गरेका थिए।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.