www.tandavnews.com
Fact ~ In search of truth

सांसद मिना गुरुङद्वारा पिएमसीमा २ लाखको अक्षयकोष

पोखरा ।

गण्डकी प्रदेश सांसद मीना गुरुङले पोखरा बहुमुखी क्याम्पसमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् ।

श्रीपञ्चमी अवसरमा क्याम्पसको विद्यार्थी कल्याणकारी संघले आयोजना गरेको सरस्वती पुजा तथा सम्मान कार्यक्रममा सांसद गुरुङले सो रकम क्याम्पस प्रमुख शिशुकला पराजुलीलाई हस्तान्तरण गरिन् ।
सोही क्याम्पसमा स्तातक अध्ययनरत् गुरुङले आफूले पढेको क्याम्पसमा सरस्वती पूजाकै दिन यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले आँखाले देखेसम्म र मस्तिष्कले काम गरेसम्म पढाइ नछाड्ने र समाजमा अरुको लागि समेत पढाइको महत्व बुझाउँदै उदाहरणीय बन्ने जनाइन् ।

हङकङ व्युटी इन्स्टिच्युट प्रालि तथा क्लारा इन्टरनेशनल स्पा एवं व्युटी कलेजकी प्रमुख कार्यकारी अधिकृत समेत रहेकी सांसद गुरुङ जिफन्ट केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनले आफ्नो व्यवसाय संचालन गर्दैदेखि हुने नाफा सामाजिक सेवामा लगाउँदै आएकोमा सांसद भत्ता एवं सुविधा सुरुवातदेखि नै नलिने घोषणा गरेकी छन् । सो भत्ता एवं

सुविधा उनले गरीब तथा विद्यार्थी, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, असहाय महिला लगायतको सहयोगमा खर्चिदैआएको बताइन् । क्याम्पस प्रमुख पराजुलीले सहयोगप्रति आभार प्रकट गर्दै सांसद गुरुङको सदा सफलताको कामना गरिन् ।

क्याम्पसका प्राध्यापक पत्रकार सन्तोष पोखरेलले सांसद गुरुङको परिचय फराकिलो रहेको र कमाएको रकम सामाजिक सेवामा लगाउनु अनुकरणीय भएको बताए । सांसद गुरुङ आफ्नो पनि विद्यार्थी भएको र पढाइप्रतिको लगनशीलताप्रति खुसी व्यक्त गरे ।

विद्यार्थी कल्याणकारी संघ अध्यक्ष विजय नेपालीले स्थापित अक्षयकोषबाट विधार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिने बताए । अक्षयकोष स्थापनाले गरिब विधार्थिलाइ पढाइमा थप हौसला मिलेको उनले बताए । कार्यक्रमको संचालन संघ सदस्य रोशन पौडेलले गरेका थिए ।

करिब ५ सय विद्यार्थी रहेको पोखरा बहुमुखी क्याम्पसमा हाल व्यवस्थापन र मानविकी संकायमा पढाइ हुँदैआएको पूर्व सहायक क्याम्पस प्रमुख महेन्द्र रिमालले जानकारी दिए ।
सो अवसरमा विद्यार्थीले सरस्वतीको पूजाआजा गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.