www.tandavnews.com
Fact ~ In search of truth

साइबर अपराध अनुसन्धान सम्वन्धि तालिम

पोखरा ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा साइबर अपराध अनुसन्धान सम्वन्धि तालिम समापन भएको छ ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दान सिंह बोहराले आपराधिक कार्यमा प्रविधिको प्रयोगले गर्दा अनसुन्धानमा चुनौती थपिएको बताए । यस्ता अपराधिक कृयाकलाप अनुसन्धान कार्यमा प्रविधिलाई अभ्यस्त गर्दै लैजानुको विकल्प नरहेको उनले बताए ।

Batas

तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै तालिम संयोजन प्रहरी निरीक्षक विष्णु बि.क.ले दिनप्रतिदिन जटिल बन्दै गईरहेकाले साईबर अपराध अनुसन्धानका लागि यस्ता तालिमको आवश्कता रहेकाले तालिम सञ्चालन गरिएको बताए ।

यही वैशाख १९ गते देखी सञ्चालनमा रहेको सात दिन कार्यावधिको उक्त तालिममा गण्डकी प्रदेश अन्तर्गत विभिन्न प्रहरी कार्यालयका २९ जना सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो । तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षर्थीहरुलाई प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बोहराले प्रमाण पत्र प्रदान गरेका थिए ।

समापन कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय पोखरा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्याल, क्षेत्रीय शसस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक लालमणी आचार्य, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.