www.tandavnews.com
Fact ~ In search of truth

साउनको पहिलो साता घान्द्रुककको मुल्डेमा याकको रगत पिउन पाईने

सुशान्त गाहा मगर,

ताण्डव न्यूज ।

अन्नपुर्ण गाउँपालिका –११ घान्द्रुक स्थित मुल्डेमा साउनको पहिलो साता याकको रगत पिउने कार्यक्रमको आयोजना हुने भएको छ ।

बिगत ३० वर्षदेखी लेकमा याक पाल्दै आएका बनवीर गुरुङले साउन ५ देखी १० गतेसम्म याकको रगत निकाली पिउने कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिए ।

उनले प्रत्येक वर्ष दुई पटक याकको रगत निकाल्ने गरेको बताए । गुरुङले हरेक बर्षको बैशाख र साउनमा याकको रगत निकालिने बताउदै एक बर्षमा १५ सय देखी २ हजार गिलाससम्म बिक्री गरेको बताए । उनका अनुसार एक गिलासको १०० रुपैया निर्धारण गरिएको छ ।

‘लेकको जडिबुटि खाने भएकोले याकको रगत पिउदा फाईदै फाईदा हुन्छ, उनले भने, ‘खुन खान लगभग ७० प्रतिशत त दोहोरिएरै आउछन् ।’ उनका अनुसार याकको रगत टाउको दुख्ने समस्या भएका तथा शरिरमा रगतको मात्रा कम भएकाहरुका लागि उपयुक्त हुन्छ ।

बिशेषगरी ग्याष्ट्रिक, टाउको तथा शरीर दुख्ने रोग निको हुनुका साथै कमजोर मानिसलाई धेरै फाइदा पुग्ने विश्वासका साथ याकको रगत पिउने प्रचलन रहेको उनले बताए ।उनका अनुसार घान्द्रुकबाट पैदलयात्रा मार्फत ६ घण्टाको समयाबधीमा टाढापानी–इसारु– दोबाटो हुदै मुल्डे पुग्न सकिन्छ । उनले वि.स.२०५० सालमा मुस्ताङको नाब्रीकोट लाज्र्रोबाट ३० वटा याक ल्याएर पालन सुरु गरेका थिए । पछिल्लो समय उनीसँग १५० बढी याक रहेका छन् ।

समुन्द्री सतहदेखि ३ हजार ६ सय ३७ मिटरको उचाईमा रहेको उक्त ठाउँ पर्यटकिय दृष्टिकोणले समेत महत्वपुर्ण मानिन्छ । मुल्डेबाट पोखरा बजार, पर्वत, म्याग्दी, मुस्ताङ लगायतका विभिन्न क्षेत्र देख्नुका साथै धवलागिरी, निलगिरी, टुकुचे पिक, अन्नपूर्ण, हिमचुली हिमश्रृङखलाको पनि अवलोकन गर्न सकिन्छ । याकको रगत पिउन चाहनेहरुले बनवीर गुरुङ (९८६३७९५४९९) र बुद्धि बहादुर गुरुङलाई (९८४६०४८६८४) सम्पर्क गर्न सक्नेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.