www.tandavnews.com
Fact ~ In search of truth

साउन देखि पाेखरामै तरकारीकाे बिषादी परिक्षण !

पाेखरा 

ताण्डव न्यूज । 

गतशुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रस्तावमा नेपाल सरकारले भारतबाट आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो। असार २ मा विषादी परीक्षण गर्ने निर्णय गरिएको भए पनि विषादी परीक्षण गर्न पूर्वाधार अभावको कारण देखाउँदै निर्णय उल्ट्याइएको हो। सरकारले गत शुक्रबार उक्त निर्णबाट पछि हट्दै गर्दा नेपालका मुख्य शहरहरुमा रहेका विषादी अवशेष परीक्षण प्रयेगशालाहरू भने कर्मचारीको आभावमा बन्द थिए।

Batas

काठमाडौंको कालिमाटीबाहेक रुपन्देहीको बुटवल, झापाको बिर्तामोड, सर्लाहीको नवलपुर, कास्कीको पोखरा र बाँकेको नेपालगञ्जमा ‘विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला’ कार्यालय राखिएको छ तर कर्मचारी अभावले यी प्रयोगशाला बन्द हुँदा भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्न नसकेपछि नेपाल सरकारले आफ्नै निर्णय उल्टाउनु परेको हो। यद्यपि उक्त निर्णय उल्टाए पनि प्रदेशहरूले भने आफैं विषादी परीक्षण गर्ने संयन्त्र सञ्चालनमा ल्याउने भएका छन्।

प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बाली संरक्षण प्रयोगशालाले ‘विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला’ सञ्चालनमा ल्याएर विषादी अवशेष परीक्षण गर्न थालिसकेको छ। प्रदेश ५ र गण्डकी प्रदेशले पनि त्यस्ता प्रयोगशाला सञ्चालनमा ल्याई विषादी परीक्षणको तयारी थालेका छन्।

गण्डकी प्रदेशमा साउनदेखि

विषादी परीक्षण भारतीय नाकासँग नजोडिएको भए पनि गण्डकी प्रदेशले विभिन्न दुई स्थानमा विषादी अवशेष परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ।

गण्डकी प्रदेशको भूमि व्यवस्था सहकारी तथा कृषि मन्त्रालयका अनुसार प्रदेश ५ र गण्डकी प्रदेशको दुई संगमस्थल आँवुखैरेनी र राम्दीमा साउनको पहिलो हप्तादेखि नै सञ्चालनमा ल्याउने गरी प्रयोगाशाला निर्माणको तयारी भइरहेको छ। मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले पूर्वाधार निर्माण र उपकरण खरिद प्रक्रियाको काम सकिएको बताए।

प्रदेश सरकारले प्राविधिकलाई मंगलबारदेखि विषादी परीक्षणसम्बन्धी तालिमको सुरुवातसमेत गरिएको उनले बताए। ‘उपकरण खरिदको काम सकिएको छ। तालिम पनि सुरु भएको छ। सकेसम्म साउनको पहिलो हप्तादेखि विषादी परीक्षण सुरु गर्ने हाम्रो लक्ष्य हो’ उनले बताए। गण्डकी प्रदेश भारतीय सीमा नाकासँग नजोडिएको भएपनि संघको अनुमतिमा अन्य प्रदेशमा भारतीय नाकाबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न सकिने गरी योजना बनाइएको सचिव दवाडीले बताए।

‘अरु प्रदेशमा भारतीय नाकाबाट आयात हुने तरकारी तथा फलफूलको परीक्षण पनि गर्न सकिन्छ’ उनले भने।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.