www.tandavnews.com
Fact ~ In search of truth

सानदार जितसँगै भ्याली स्पोर्टस् बिश्वकर्मा कपको प्रिक्वाटरफाईनलमा

सुशान्त गाहा मगर,
ताण्डव न्यूज ।

बिश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीको आयोजनामा पोखराको पुरानो टुडिखेलमा जारी प्रथम बिश्वकर्मा कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगितामा सानदार जितसँगै भ्याली स्पोर्टस् क्बल प्रिक्वाटरफाईनलमा प्रबेश गरेको छ ।

मंगलबार सम्पन्न दोस्रो चरणको खेलमा नदीपुर क्लबलाई ८–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै भ्याली स्पोर्टस् अन्तिम १६ मा प्रबेश गरेको हो ।भ्यालीसँगै अन्य ७ टिम प्रिक्वाटरफाईनलमा प्रबेश गरेको आयोजक संस्थाका सदस्य सुरज बिकले जानकारी दिए ।

उनका अनुसार तेस्रो बिष्णु तिमिल्सिना स्मृति कप च्याम्पियन तारा फुटबल क्लबको अनुपस्थितिमा योङस्टार एफ.सी वाकओभर मार्फत बिजयी बन्यो । पुरुन्चौर क्लबलाई एल.जी एशोसियसनले ४–१ गोल अन्तरले हरायो । अर्काे खेलमा लाहाचोकलाई बिष्णुपादुका हेमजाले ४–० को गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान जमायो ।

सँगम क्लबले रत्नसमाज कस्केरी जुनियरलाई ४–१ गोलले पाखा लगायो । आर एस एफ.सी ले मकवानपुर क्लबलाई ३–० गोल अन्तरले पराजित गर्याे ।त्यस्तै मित्रता क्लबले ग्रीन क्लबलाई २–१ गोल नतिजा सहित खेलबाट पाखा लगायो भने अन्तिम खेलमा एल.जी एशोसियसनलाई सिम्पानी एफ.सीले ३–२ गोल अन्तरले हराउदै प्रिक्वाटरफाईनलको यात्रा तय गर्याे ।

आगामी २८ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख १ हजार १ सय ११ रुपैया र उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५१ हजार १ सय ११ रुपैया प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा बिधागत रुपमा सर्बाेत्कृट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, तथा सर्बाधिक गोलकर्ता बन्न सफल खेलाडीलाई आकर्षक पुरस्कारको ब्यबस्था गरिएको समेत आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.