www.tandavnews.com
Fact ~ In search of truth

सामाजिक क्षेत्रमा एक्सपर्ट एजुकेशनको सहयोग

पोखरा,
ताण्डव न्यूज ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले सामाजिक क्षेत्रमा सहयोग गरेको छ ।

सर्भिसेसले विराटनगर स्थित पाथीभरा वृद्धाश्रमलाई ११ लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । भुकम्पले क्षति पुर्याएको सिन्धुपाल्चोकको सेलांग माविमा भवन पुननिर्माणका लागि दश लाख रुपैयाँ सहयोग गर्यो नुवाकोटका भूकम्पपीडितका लागि स्थानीयलाई ७ लाख रुपैँया बराबरको आवश्यक सामानहरु वितरण गरेको छ ।

त्यस्तै महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ नगद हस्तान्तरण गर्यो भने पुर्व मिस नेपाल अश्मी श्रेष्ठको ब्यूटी विथ पर्पस प्रोजेक्टका लागी एक लाख रुपैयाँ सहयोग गरेको छ ।
एक्सपर्टले बाढी प्रभावित जिल्ला विर्तामोढ,नेपालगञ्ज,दाङ, माडी चितवन ,इटहरी सुनसरीमा ५ लाख ७५ हजार रुपैयाँ सहयोग रकम प्रदान गरेको छ भने पर्साको विरगञ्ज महानगरपालिकाको लाइब्रेरीका लागि १ लाख २५ हजार रुपैया नगद प्रदान गरेको छ ।

एक्सपर्टले पत्रकार महासंघ पोखराको कार्यालयलाई १ लाख २० हजार रुपैयाँ बराबरको ६० वटा कुर्सी सहयोग गर्यो भने चितवनको चनौटेस्थित श्री राष्ट्रिय निमाविलाई ४० हजार रुपैयाँ मूल्यको कम्प्युटर प्रदान गरेको छ ।
एक्सपर्टले खेलकुद क्षेत्रमा पनि सहयोग गरेको छ । मुगु राराका युवाहरुका लागि २ लाख रुपैयाँ बरावरको खेल सामाग्री हस्तान्तरण गरेको थियो ।

अन्य थुप्रै खेलसगँ सम्बन्धित कार्यमा एक्सपर्टले सहयोग गर्दै आइरहेको छ । नेपाली कला संस्कृतिको प्रवद्र्धनमा एक्सपर्टले मुख्य भुमिका खेल्दै आएको छ । अस्ट्रेलियाका प्रमुख शहरहरुमा आयोजना हुने साँस्कृृतिक कार्यक्रममा एक्सपर्टले मुख्य प्रायोजन गर्दै आएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.