www.tandavnews.com
Fact ~ In search of truth

सामाजिक परिचालकहरु प्रदेश सरकार विरुद्ध आन्दोलनमा उत्रिने

पोखरा
ताण्डव न्यूज ।

नेपाल सामाजिक परिचालक कर्मचारी संघ गण्डकी प्रदेश पोखराले सरकार समक्ष राखेको ३ बुँदे माग ५ दिन भित्र सम्बोधन नभए आन्दोलनमा उत्रिने जनाएको छ ।

सामाजिक परिचालकहरुको माग सम्बोधन नभएकाले गण्डकी प्रदेश सरकारले आफूहरुले राखेको माग ५ दिन भित्र सम्बोधन नगरिएमा चरणवद्ध आन्दोलनमा उत्रिने संघका अध्यक्ष पिताम्बर नेपालीले बताए ।
‘प्रदेश सभाको बैठक हुँदाको समयमा प्रदेश सभा अगाडि धर्ना बस्छौं,’ उनले भने, ‘अन्य दिनमा मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि धर्ना दिन्छौं ।’

Batas

सोमवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संस्थाका केन्द्रीय महासचिव तेजप्रसाद शर्माले सम्बन्धित नेताहरुसँग पटकपटक छलफल गर्दा पनि आश्वासन मात्र पाएको जनाए । २०७५ अषाढ मसान्तमा उमेरको हद तथा विभिन्न कारण बस रोजगारबाट हटाउँदा परिचालकहरु बेरोजगारी अवस्थामा रहेको भन्दै माग निर्शत पूरा गर्न आग्रह गरे ।

नेपाल सरकार संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयको स्थानिय स्वायत्त शासन ऐन २०५५ को दफा २३६ को उपदफा–२ ले दिएको अधिकार अनुरुप नेपाल सरकारको लगानीमा स्थानीय तथा सामुदायिक विकास कार्यक्रम मार्फत देश द्वन्द्वको चपेटामा परेका नागरिकहरुको लागि देशभरी ४ हजार ६ सय ६४ जना नै सामाजिक परिचालन नियुक्त गरिएको जानकारी दिइयो ।

सो निर्णयप्रति सामाजिक परिचालक कर्मचारी संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारको निर्णयको विरुद्धमा सडक आन्दोलन घोषणा गरिएका छन् ।
संघले सडक आन्दोलनको घोषणको ३५ दिन पश्चात मन्त्रालयबाट काममा नलागेका कामबाट बञ्चित देशभरका सामाजिक परिचालकहरुलाई २०७४ चैत १६ गते देखि स्थानिय तहमा कार्यालय साहयको काम गर्ने गराउने गरी २०७५ आषाढ मसान्तसम्म स्थानीय तहमार्फत नियुक्तको व्यवस्था मिलाइएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.