www.tandavnews.com
Fact ~ In search of truth

सामाजिक सुरक्षा कोषका लागि एक महिना समय थप

काठमाडौं।

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन फेरि समय थपेको छ ।

तोकिएको समयमा रोजगारदाताको उत्साहजनक सहभागिता नभएपछि सरकारले अरु एक महिना समय थपेको हो ।

ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन नआएपछि सामाजिक सुरक्षा कोषले बिहीबार सूचीकरण हुनका लागि एक महिनाको समय थपेको सूचना निकालेको छ ।यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारले भनेको थियो । यो बीचमा न्यून संख्यामा मात्र रोजगारदाता संस्थाहरु दर्ता भएको जनाइएको छ ।

हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको जनाइएको छ । जसबाट साढे ७ करोडभन्दा बढी योगदान रकम संकलन भइसकेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.