www.tandavnews.com
Fact ~ In search of truth

सार्वजनिक भवनबाट सेवा दिदैँ फलेवास नगरपालिका

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।
भाडामा बस्दै आएको फलेवास नगरपालिकाले शुक्रबारदेखि सार्वजनिक भवनबाट सेवा दिन शुरु गरेको छ । फलेवास सिचाईँ आयोजनाको प्रयोग विहिन भवनलाई मर्मत गरि नगरपालिकाले आफ्नो कार्यालय बनाएर सेवा शुरु गरेको हो ।

मोती सामुदायिक पुस्तकालयको भवनमा ३ ओटा कोठा भाडामा लिएर कार्यालय संचालन हुँदै आएको कार्यालय नयाँ ठाउँमा संचालन पछि सेवाग्राहीलाई समेत सहज हुने भएको छ । साँघुरो कोठाबाट कार्यालय संचालन गर्दा व्यवस्थापनमा समस्या भएकाले फलेवास सिंचाई

आयोजनाको भवनलाई प्रयोग गरिएको नगर प्रमुख पदमपाणी शर्माले बताए । नगरपालिकाभित्रै सार्वजनिक सम्पत्ती प्रयोग विहिन भएकाले आँफूहरुले प्रयोग गरिएको उनको भनाई छ । मर्मत हुन नसक्दा जीर्ण बनेको भवनलाई नगरपालिकाले मर्मत गरि प्रयोगमा ल्याएको शर्माले बताए ।

भाडामा लिएको घरमा विभिन्न शाखा र तिनमा कार्यरत कर्मचारीहरुलाई एउटा टेवल समेत दिन नसक्दा सेवा प्रवाहमा समस्या हुँदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोतिराम सापकोटाले बताए । उक्त भवनमा १२ कोठा सहित १ ओटा बैठक हल व्यवस्थापन गरिएको उनले बताए । ‘अझै पनि कोठा अभाव हुन्छ’ उनले भने ‘अन्य कोठा व्यवस्थापन गर्न वैकल्पिक व्यवस्था समेत गर्ने गरि तयारी गरेका छौं ।’

सोही ठाउँमा खाली जग्गा समेत भएकाले कोठा अपुग भएमा थप अस्थायी संचरना बनाउन सकिने उनको भनाई छ । हाल बैकल्पिक व्यवस्थाका लागि उक्त भवन प्रयोग गरिएको र उपयुक्त ठाउँ छनौट गरेर कार्यालय बनाउन समेत कार्यपालिकाले खोजी गरिरहेको फलेवास नगर कार्यपालिकाका प्रवक्त टिकाराम गौडेलले जानकारी दिए ।

पर्वतका ७ वटा स्थानीय तहहरु मध्ये फलेवास र महाशिला मात्रै सार्वजनिक भवन प्रयोग गरेका छन् । अन्य पालिकाका कार्यालयहरु भाडामा संचालन हुँदै आएका छन् । संघीयताले अधिकार दिएपनि संचरना नहुँदा आँफूहरुले समस्या भोग्दै आउनुपरेको थियो ।

संघीय संरचना अनुसार पद्दती संचालन भएपनि सबै संरचना तयार नहुँदा स्थानीय तहहरुले द्रुत गतिमा काम गर्न नसकिएको जनप्रतिनिधिहरुले स्वीकार गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.