www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा सार्वजनिक स्थलमा अशान्ति मच्चाउने १६ जना पक्राउ

पर्वत।

गत मंगलबार राती सार्वजनिक स्थलमा शान्ती मच्चाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतले १६ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार कुस्मा नगरपालिका वडा नं. ५ कुस्मा बलेवा यान्त्रिक पुल रहेको चोक नजिकै दुई समूहका बीचमा झगडा तथा कुटपिट गर्नेहरुलाई पक्राउ गरिएको हो । चोक आसपासमा बस्दै आएका स्थनीयले झगडाका कारण अशान्ति पैmलिएको र आतंकित भएको भन्दै प्रहरीमा उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Batas

प्रहरीले झगडाका क्रममा उत्पन्न भएको तनावको अवस्थालाई नियन्त्रणमा लिँदै घटनामा संलग्न दुवै समूहका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । झगडाका क्रममा घाईते भएका जिल्ला कुश्मा नगरपालिका वडा नं. ५ मा बस्दै आएका आस्विन क्षेत्री र वडा नं. ६ बस्ने आदित भण्डारीलाई उपचारको लागि पर्वत जिल्ला अस्पतालमा लगिएकोमा दुबै जना सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।

प्रहरी निरीक्षक रायमाझीका अनुसार घट्नामा संलग्न रहेकाहरुलाई सार्वजनिक शान्ती बिरुद्धको कसुर अन्तर्गत मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अन्यको खोजी भइरहेको छ ।

घट्नामा संलग्न रहेको आरोपमा कुश्मा नगरपालिका वडा नं. ४ बस्ने सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, वडा न. ५ बस्ने सुगम बोहोरा, वडा नं. ६ मा बस्ने आबिस्कार पौडेल, वडा न. ४ मा बस्ने निशान पुन, हेन्सी भन्ने नबिन क्षेत्री, अनमोल कुमाल, सुदिप परियार, वडा नं. ५ बस्ने आशिस के.सी., वडा न. ६ बस्ने आदित भण्डारी, वडा नं. ५ बस्ने आस्विन क्षेत्री, वडा नं. ६ बस्ने असिम पौडेल भन्ने अभिषेक पौडेल, वडा नं. ७ बस्ने सुमन के.सी. र सुजन के.सी. प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.