www.tandavnews.com
Fact ~ In search of truth

सिनियर मिनि म्याराथनः मनकाजी र सुमित्रा बने प्रथम

लेखनाथ ।

महिला र पुरुष गरी २ समूहमा छुट्टाछुट्टै आयोजना गरिएको सिनियर मिनि म्याराथन(दौड) प्रतिस्पर्धा शनिबार सम्पन्न भएको छ ।

सृजनशिल युवा क्लबको आयोजनामा पोखरा २७ स्थित खोलाकोडिल–जरुवा–घैंटेकोखोर–खराने बिर्ता हुँदै पुनः खोलाकोडिलमै पुगेर ३ हजार ५ सय मिटरको दौड सकिएको हो ।

Batas

पुरुष समूहको दौडमा ४२ वर्षीय मनकाजी पुनले १६ मिनेट ३० सेकेण्डमा उक्त दुरी पार गरी प्रथम बने । २१ मिनेट २ सेकेण्ड समयमा दुरी पार गरेर महिलासमूहबाट ३८ वर्षीया सुमित्रा बस्ताकोटी प्रथम बनिन् । महिला पुरुष दुबै समूहका प्रथम उपाधि बिजेताले नगद ५-५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पुरुष समूहबाट ३७ वर्षीय अकबहादुर पुन १६ मिनेट ४४ सेकेण्ड समयमा दोस्रो बने । महिलातर्फ ३६ वर्षीया उमा दमाई २१ मिनेट १९ सेकेण्ड समयमा दुरी पार गरी दोस्रो बनिन् । उनीहरुले नगद ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारे ।

१७ मिनेट ५ सेकेण्ड समयमा पुरुष समूहबाट ४२ वर्षीय गोविन्द वाग्ले तेस्रो बन्न सफल भए । त्यस्तै, २२ मिनेट ७ सेकेण्ड समयमा उक्त दुरी पार गरी ४० वर्षीया सुनिता क्षेत्री महिला समूहबाट तेस्रो बन्न सफल रहिन् । तेस्रो स्थान प्राप्त गर्न सफल भएकाहरुले नगद २ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, पोखरा महानगर २७ वडाध्यक्ष पूर्णकुमार गुरुङ, स्थानीय टोल विकास संस्थाका प्रतिनिधिले बिजेतालाई उपाधि प्रदान गरे ।

आयोजकले कार्यक्रमको निर्देशिका बमोजिम पुरुषतर्फ ३५ र महिलातर्फ ३० वर्ष उमेर माथिका व्यक्तिहरुलाई मात्र प्रतिस्पर्धामा सहभागि गराएको क्बलका अध्यक्ष महेश अधिकारीले जानकारी दिए ।

प्रतिस्पर्धामा पुरुष समूहमा ४५ जना र महिला समूहमा ३९ जना सहभागि थिए । ७५ वर्षसम्मका बृद्धबृद्धाले समेत प्रतिस्पर्धामा भाग लिएर कार्यक्रमलाई रोमाञ्चक बनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.