www.tandavnews.com
Fact ~ In search of truth

सीमा सुरक्षा बैठकमा कालापानीको विषयले प्रवेश पाएन

पोखरा ।

पोखरामा भएको सीमा सुरक्षा बैठक कालापानीको विषयमा प्रवेश नै नगरि सम्पन्न भएको छ ।

नेपाल–भारत सीमा विवाद चलिरहेको समय पोखरामा बुधबारबाट सुरु भएको बैठकमा सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदान प्रदानको विषयमा छलफल भएको जनाइएको छ । तर विवादित कालापानी, लिपुलेकको विषयमा छलफल नभएको जनाइएको छ ।

नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.