www.tandavnews.com
Fact ~ In search of truth

सुकुम्वासी हटाउन लागिएको बिषयमा संघको ध्यानाकर्षण

पोखरा ।

पोखराको बिभिन्न स्थानमा बसोबासा गरिरहेका सुकुम्वासीहरुको बस्ती उठाउने षडयन्त्र भैरहेको भन्दै अखिल नेपाल सुकुम्वासी संघ, कास्कीले बिरोध जनाएको छ ।

कास्की जिल्ला अध्यक्ष हर्कमान बि.क र सचिव ओम बहादुर पौडेलले संयुत्त रुपमा एक बिज्ञप्ती प्रकाशित गरि पोखरामा बसोबास गरिरहेका ३५ हजार घरधुरी भएका सुकुम्वासीहरुको उचित ब्यबस्थापन तथा लालपुर्जा बितरण गर्न माग गरिएको छ । बेला बेला माफियाहरुले सुकुम्वासीहरु माथि आँखा गाड्ने गरेको भन्दै बिज्ञप्ती मार्फत सबै सुकुम्वासीहरु एक भएर प्रतिकार गर्ने चेतावनी दिइएको छ ।

पोखरा महानगरपालिका वडा नं १४मा रहेको रातमाटे डाँडामा रहेका ८५ घरपरिवारका सुकुम्वासीलाई पनि राज्यले सुकुम्वासी परिचयपत्र बितरण गरि उनिहरुको हालबसोबास क्षेत्रको पनि सुचिकृत गरेपनि अहिले केही ब्याक्तिहरुले आफ्नो जग्गा भएको दावि गर्दे बस्ती हटाउने प्रयास गरेको घटना बाहिर आएपपछि संघले बिरोध गरेको छ ।

राज्यले बसोबास किटानी सहित सुकुम्वासी आयोग मार्फत उनिहरुलाई सो क्षेत्रमा बसोबास गर्न अनुमति दिईसकेको अबस्थामा रिया जुद्धिन मिया, फजुल मिया करिम मिया, सौकत अलि मियाले जग्गा ओगट्ने मनसायले सुकुम्वासीहरुलाई त्रसित बनाउन थालेको भन्दै त्यहाँका सुुकुम्वासीहरुले सार्बजनिक रुपमा जिवन सुरक्षा तथा गाँस,बासको ब्यबस्था गर्न आग्रह गरिएको छ ।

बिगत २५ बर्ष देखि बसोबास गर्दे आएका सुकुम्वासीहरु राज्यले सुकुम्वासी बर्गिकरण सुकुम्वासी परिचयपत्र बितरण गरिसकेको अबस्थामा अहिले आएर बखेडा झिक्नु जग्गा कब्जा गर्ने नियत प्रश्ट भएकाले आफुहरु चुप नलाग्ने जनाईएको छ । सुकुम्वासी बस्तीमा हुने कुनैपनि प्रकारको धरपकड, गुण्डागदीए तथा अराजक स्थितीको सामाना गर्न संघ तयार रहेको बताईएको छ ।

बर्तमान संबिधनामा उल्लेख भएअनुसार मौलिक हको ज्ञारेन्टी गर्न वा सुकुम्वासी ब्यबस्थापन गरि लालपुर्जा बितरण गर्न बिज्ञप्तीमा माग गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.