www.tandavnews.com
Fact ~ In search of truth

सुजुकी बर्गम्यान १२५ आजदेखि पोखरामा

पोखरा
ताण्डव न्यूज ।

सुजुकी टू ह्वीलर्सको आधिकारीक विक्रेता हिमालय अटो वल्र्ड पोखराले सुजुकी बर्गम्यान १२५ आजबाट विक्री शुभारम्भ गरेको छ ।

हालसम्म नेपालमा उपलब्ध स्कुटरहरु मध्ये सबै भन्दा आकर्षक तथा सुविधाजनक दावी गरिएको छ ।  यसमा १४ इन्चको ट्युबलेस टायर, ७५००आरपिएम र ८.७ बिएचपी रहेको छ ।

Batas

स्कुटरको अगाडी डिस्क ब्रेक जडान गरिएको छ भने ५.६ लिटर पेट्रोल अट्ने क्षमताको छ ।  डिजिटल ड्यासबोर्ड रहेको स्कुटरमा एलइडि हेडलाइट र टेल ल्याम्प जडान गरिएका छन् ।

एरो डाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि यूएसबी पोर्ट, पञ्जा राख्ने भाग जस्ता सुविधाजनक विशेषताहरु पनि स्कुटरमा रहेका छन् ।  स्कुटरको बजार मुल्य २ लाख २९ हजार ९ सय छ ।

पश्मिाञ्चल अटो मोबाइल्स डिलर्सका अध्यक्ष चन्द्र कुवँरले स्कुटर सार्वजनिक गरेका थिए । हिमालय अटो वल्र्डका प्रोपाइटर मिलन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली लगायतले स्कुटरको बजार सफलताका लागि शुभकामना दिए ।

विक्री शुभारम्भ गरेसँगै पोखरामा बर्गम्यान १२५को र्याली समेत निकालिएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.