www.tandavnews.com
Fact ~ In search of truth

सुनको कारोबार ठप्प बन्दै, आज सुनको मुल्य तोलाको ७० हजार

काठमाडौं ।

शुक्रबारदेखि उकालो लागेको सुनको मुल्य दिनदिनै बढ्न थालेको छ ।

आज सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै सबै भन्दा बढी मुल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुनको मूल्य ७० हजार पुगेको छ । आइतबार प्रतितोला ६६ हजार ८ सयमा कारोबार भएको थियो भने अर्को दिन ५ सय बढ्यो।

मंगलबार १५ सयले बढेर प्रतितोला ६८ हजार ८ सयमा कारोबार भयो।बुधबार ६९ हजार ५ सयमा कारोबार भएको भएको थियो । सुनको भाउ दिनदिनै बढ्न थाले पछि सुनको कारोबार भने ठप्पजस्तै भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.