www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्यमा गिरावट, आज १ हजार घट्यो

काठमाडौं ।

पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला  एक हजारले घटेको छ । छापावाला सुनको मूल्य ७२ हजार ४०० कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला  एक हजारले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार १०० कायम भएको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला  ७३ हजार १०० रहेको थियो ।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला १० ले घटी  ८८५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला ८९५ मा खरिदबिक्री भएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.