www.tandavnews.com
Fact ~ In search of truth

सुन्तला बिक्रीबाट ३८ करोड आम्दानी

गोरखा ।

गोरखा जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै ३८ करोड रुपैयाँ आम्दानी भित्रिएको छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । जिल्लामा भएको कूल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै मनकामना क्षेत्रमा निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला तथा फलफूल जोन कार्यक्रम गोरखाका प्रमुख अजय अधिकारीले जानकारी दिए । ‘ताङलिचोकलाई पनि जोेडेर हेर्ने हो भने मनकामना क्षेत्रमा जिल्लाभरिको उत्पादनमध्ये ५५ प्रतिशत सुन्तला उत्पादन तथा बिक्री भएको छ ।’ अधिकारीले भने।

Batas

जिल्लामा यसवर्ष छ हजार ६०० टन सुन्तला उत्पादन तथा बिक्री भएको उनले बताए । यसवर्ष गोरखामा उत्पादन भएको सुन्तला न्यूततम ५० देखि अधिकतम ८० किलोसम्ममा बिक्री भएको अधिकारीले बताए ।

उनका अनुसार जिल्लामा यस वर्ष अघिल्लो वर्षभन्दा ३० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको छ । “अघिल्लो वर्ष चैत महीनामा खडेरी र असिनाले सुन्तला राम्रो हुनसकेको थिएन”, प्रमुख अधिकारीले भने, “तर यस पटक गएको चैत महीनामा पानी राम्रो परेकाले उत्पादनमा वृद्धि भएको हो ।”

यस्तै जिल्लामा कृषि जोन घोषणा भई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएका क्षेत्रमा सुन्तला बगैँचा व्यस्थापन, सिँचाइको राम्रो व्यवस्था लगायतका कारणले पनि सुन्तला उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।खडेरी र पानीको अभावले सुन्तला उत्पादनमा बढी ह्रास आउने भएकाले त्यसतर्फ ध्यान पुर्याउन सके उत्पादनमा वृद्धि गर्न सकिने अधिकारीले बताए ।

त्यस्तै जिल्लाको देउराली, खेप्लाङ लगायतका क्षेत्रमा पनि व्यावसयिक सुन्तलाखेती गरिँदै आएको छ । जिल्लामा कूल ८ सय ६५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तलाखेती हुने गरेको छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.