www.tandavnews.com
Fact ~ In search of truth

स्टेप अप क्याम्पियनका लागी सहयोग तीव्र

पोखरा ,
ताण्डव न्यूज ।

स्टेप अप क्याम्पियन अभियानका लागी सहयोग आउने क्रम जारी रहेको छ ।

आज (शुक्रबार) बसेको एक छलफलको क्रममा छलफलमा सहभागी हरि कुमार श्रेष्ठले क्याम्पियनका लागी ३ लाख नगद सहयोग गरेको अभियानका कोषाध्यक्ष गिता पौडेलले जानकारी दिइन् । यस्तै नरजंग गुरुङले १० हजार ,कृष्ण श्रेष्ठले १० हजार र ऋषी पौडेलले २० हजार नगद सहयोग गरेका छन् ।

Batas

लामो समयदेखि एच.आई.एड्सबाट संक्रमित पोखराका रत्नचोकका स्थानिय गोपाल श्रेष्ठ यहि अभियान मार्फत सगरमाथा आरोहण गर्दैछन् । मृत्युलाई जितेका गोपालले यस अघि थुप्रै हिमाल आरोहण गरिसकेका छन् । संक्रमितप्रतिको संकुचित धारण र हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनका लागी अभियान र अभियानकर्ता गोपाल लागी परेका छन्।

गोपालले नेपालको मात्र नभई विश्वकै एच.आई .सक्रमितलाई प्रतिनिधत्व गर्दै सगरमाथा आरोेहण गर्दैछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.