www.tandavnews.com
Fact ~ In search of truth

स्थानिय छलिमायाले दिइन गाउँपालिकालाई एक रोपनी जग्गा

दमौली ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान दिकी छिन । गाउँपालिकाको पशुपंछी शाखाको नाममा करीब ७० लाख रुपैँया मूल्य बराबरको जग्गा दान गरेकी उनले मङ्गलबार उक्त जग्गा मालपोत कार्यालयबाट शाखाको नाममा नामसारी गरिदिएकी थिइन् ।

श्रेष्ठका छोरा चिरञ्जीवी श्रेष्ठले भने, “जीवनमा केही योगदान गरौँ भन्ने भावना भएको हुँदा हामीले खुशी भएर किसानको हितका निम्ति जग्गा दान गरेका हौँ ।”गाउँपालिकाले उक्त जग्गामा करीब एक करोडको लागतमा पशु अस्पताल बनाउने सोचका साथ प्रक्रिया अघि बढाएको पशुपछी शाखाका प्रमुख रामबहादुर अधिकारीले जानकारी दिए । उनको अनुसार गाउँपालिकाले प्रदेश सरकारलाई उक्त अस्पताल बनाउनेबारे जानकारी गराइसकेको छ ।

उक्त गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले गाउँपालिकालाई जग्गा दान गरेर श्रेष्ठ परिवारले ठूलो गुन लगाएको बताए । “जग्गा अभावमा पशु अस्पताल बनाउन समस्या भइरहेकाबेला यस जग्गाले अब अस्पताल भवन निर्माणका लागि सहज बनाउनेछ”, उनले भने । उक्त गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या दिनप्रतिदिन बढ्दो भएको र तिनको उपचारका लागि अस्पताल नहुँदा समस्या हुँदै आएको थियो ।       रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.