www.tandavnews.com
Fact ~ In search of truth

स्थानीयले फेरि ठप्प पारे मध्यमोदीको निर्माण कार्य

 

 

संजय रेग्मी,
पर्वत / ताण्डव न्यूज ।

आयोजना निर्माणको क्रममा घरहरुमा भएको क्षतीपूर्ती नपाएको भन्दै पर्वतमा निर्माणाधिन मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य स्थानीयले ठप्प पारेका छन् ।

चौधरी ग्रुपले मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको जलबिद्युत आयोजनाको निर्माण कार्य शनिबार देखि बन्द गराएका हुन् । आयोजनाको सुरुङ्ग निर्माण कार्य गर्दा घरमा क्षति पुगेपछि यसअघि क्षतीपूर्ति दिने सहमति भएकोमा अहिलेसम्म पनि क्षतीपूर्ति नपाएको भन्दै आयोजनाको काम अनिश्चितकालका लागि नै बन्द गराउनुपरेको स्थानीयले बताएका छन् ।

मोदी गाउँपालिका २ भित्र पर्ने मख, ठाना, कल्लेनी र ओख्लेका बासिन्दाहरुले आयोजनाको सुरुङ निर्माणको क्रममा बम बिस्फोट गराउँदा घरहरु चर्किएको र कतिपय घरहरु भत्कीएको भन्दै पटक पटक आन्दोलित हुँदै आएका छन् । आयोजनाले पटक पटक सम्झौता गर्ने तर पिडीतहरुको मागको सम्बोधन नगरेका कारण निर्णायक लडाई लड्न थालेको संघर्ष समितिका संयोजक सुजन पोख्रेलले बताए ।

विस्फोटका कारण ४९ ओटा घरमा असर परेको र १ घर पुर्णरुपमा भत्किसकेको स्थानियको भनाई छ । स्थानियबासीहरु आयोजनाले नयाँ र सुरक्षित घर बनाईदिनुपर्ने माग समेत राखेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.