www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय भन्छन् ,‘विद्यालाई राजनीतिको उचाइमा देख्न चाहन्छौँ’

पोखरा ।

मङसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा नेकपाले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै लगेको छ ।

यसै क्रममा शुक्रबार पोखरा–१५ रामबजारमा चुनावी अभियान गरेको छ । रामबजारवासीले घरदैलोमा कास्की क्षेत्र नं २ का उम्मेदवार विद्या भट्टराईलाई देखेपछि राजनीतिको उचाइमा हजुरलाई देख्न चाहन्छौँ भन्दै शुभकामना दिएका छन् ।

विकासको दीर्घकालीन योजनासहित वृद्धवद्धाको सहारा बनेको नेकपाप्रति आफूहरुको अगाध विश्वास रहेको भन्दै भट्टराईलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे । घरदैलो कार्यक्रममा पुगेकी उम्मेदवार भट्टराईलाई स्थानीय समाजसेवी एवं भूतपूर्व सैनिक लालकाजी गुरुङले अविचलित राजनीतिक यात्राको शुभकामना दिँदै नेकपा आफ्नो आशा र भरोसाको पार्टी भएको बताए ।

त्यस्तै स्थानीय ९३ वर्षीया पुण्यकुमारी गुरुङले जनताको पार्टी नेकपा भएको बताए । ‘वृद्धाभत्ता दिने पार्टी नेकपा वृद्धवृद्धाको एक मात्रा सहारा हो’, उनले उम्मेदवार भट्टराईलाई जीतको शुभकामना समेत दिए ।

घरदैलोपछि रामबजार मन्दिर परिसरमा आयोजित कोणसभामा उम्मेदवार भट्टराईले भूपूसैनिकको समस्या समाधान गर्ने जिम्मा आफू र आफ्नो पार्टीले लिने बताए । उनले रवीन्द्रको अभाव पोखरेली जनतालाई हुन नदिनका लागि नै आफूले उम्मेदवारी दिएको बताए ।

कोणसभामा नेकपाका केन्द्रीय सदस्य चुडामणि जङ्गलीले ‘समृद्ध पोखरा, सुखीपोखरेली’ बनाउन नेकपाले अभियान चलाइरहेको बताए ।समृद्धिको बाटोमा सरकारले उल्लेखनीय काम गरिरहेको जानकारी दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि मध्यपहाडी लोकमार्ग, सुरुङमार्ग निर्माण, पेट्रोलियम पदार्थको पाइप लाइन विस्तारलगायतका कार्यहरु नेकपा सरकारले गरेको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.