www.tandavnews.com
Fact ~ In search of truth

स्याङजामा बलात्कारीलाई १० वर्ष कैद

स्याङ्जा

एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले भिरकोट नगरपालिका–२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाँलाई बुधबार १० वर्ष कैद सजायका साथै पीडित किशोरीलाई ३० हजार क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ ।

न्यायाधीश रमानाथ पौड्यालको इजलासले कैद सजायको फैसला गरेको स्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए।आरोपित अलिमियाँले विसं २०७४ पुस ८ गते बलात्कार गरेको भनी किशोरीका आफन्तले वैशाख १६ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएका थिए ।

किशोरीको २०७४ चैत १८ गते गण्डकी अस्पताल पोखरामा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.