www.tandavnews.com
Fact ~ In search of truth

स्याङजामा वेवारिशे शव फेला

पोखरा,
ताण्डव न्युज ।

स्याङजामा एक वेवारिशे शव फेला परेको छ । स्याङजाको गल्याङ नगरपालिका –५ स्थित आधीखोलाको महानडाँडाको छेउमा कालो ज्याकेट लगाएको पुरुष व्यक्तिको शव फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पहिचान नखुेका उक्त व्यक्तिको शव घोप्टो परी पानीमा तैरिएको अवस्थामा रहेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच पोखरामा प्याराग्लाइडिङ उडाउने क्रममा लड्दा एक विदेशी नागरिक घाईते भएका छन् । पोखराको महानगरपालिका –१८ सराङकोटबाट ब्लु स्काई स्लो पाइलट क्यानडाको नागरिक ४९ वर्षीय KORI WINTER उड्ने क्रममा चिप्लिन गई घाईते भएका हुन् । उनको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.