www.tandavnews.com
Fact ~ In search of truth

स्याङजा जिल्ला अदालतमा मुद्दाको चाप बढ्दै

वालिङ ।

पछिल्ला छ वर्षको तुलनामा स्याङ्जा जिल्ला अदालतमा यसवर्ष सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् ।

चालू आर्थिक वर्षको गत मङ्गलबारसम्ममा स्याङ्जा जिल्ला अदालतमा कूल ८९९ मुद्दा दर्ता भएका जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए ।विभिन्न घटनामा ६९९ मुद्दा चालू आर्थिक वर्षको हालसम्म दर्ता भएका हुन् भने २०० मुद्दा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका स्रेस्तेदार आचार्यले बताए ।

Batas

“हालसम्म कूल ८९९ मुद्दामध्ये ४६८ थान मुद्दा फछ्र्यौट भएका छन्”, स्रेस्तेदार आचार्यले भने, “चालू अवस्थामा ४३१ थान मुद्दा छन्, आर्थिक वर्ष सकिन झण्डै एक महीना रहेकाले मुद्दाहरु थपिने र फछ्र्यौट हुने क्रम अझै बढेर जान्छ ।”

स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७४÷७५ मा ७४४, २०७३÷७४ मा ६७९, २०७२÷७३ मा ८०८, २०७१÷७२ मा ६०५ र २०७०÷७१ मा ५७८ मुद्दा दर्ता भएका जिल्ला अदालत स्याङ्जाका सूचना प्रविधि कर्मचारी श्रीकृष्ण तिमल्सिनाले बताए ।

तिमल्सिनाका अनुसार स्याङ्जा जिल्ला अदालतमा सम्बन्धविच्छेद, लागुऔषध ओसारपसार, जबर्जस्ती करणी, अंशबण्डा, माना चामल, कर्तव्य ज्यान मुद्दा, केही सार्वजनिक अपराध मुद्दा, चोरी, मानव बेचबिखन, कुटपिट तथा लुटपाट जस्ता मुद्दाहरु दर्ता भएका छन् ।

‘ख’ वर्गमा रहेको स्याङ्जा जिल्ला अदालतले सर्वोच्च अदालतको पञ्चवर्षीय योजनाअन्तर्गत ७० प्रतिशत मुद्दा फछ्र्यौट गर्नुपर्नेमा हालसम्म करीब ५३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको स्रेस्तेदार आचार्यले बताए ।

स्रेस्तेदार आचार्यका अनुसार स्याङ्जा जिल्ला अदालतमा कार्यरत दुई जना न्यायाधीश सरुवा हुनु, संहिता लागू भएपछि नयाँ विषयमा अदालतमा मुद्दाहरु प्रवेश गर्नु, पुरुषवादी भएका सम्बन्ध विच्छेदका मुद्दा एक वर्ष नभई छिन्न नपाइने देवानी संहिता २०७४ को दफा ९८ को प्रतिबन्धात्मक व्यवस्थाका कारण ढिलाइ भएको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.