www.tandavnews.com
Fact ~ In search of truth

स्याङजा श्रष्टा सदनको अध्यक्षमा गायक रामजी खाँड

पोखरा,
ताण्डव न्यूज ।

स्याङजा श्रष्टा सदनको अध्यक्षमा रामजी खाँड निर्वाचित भएका छन् ।

स्याङजाका कलाकारहरुको भेलाले सम्पन्न गरेको सदनको प्रथम अधिवेशनले खाँडलाई चयन गरेको हो । सदनको वरिष्ट उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा शिव हमाल, द्धितीय उपाध्यक्षमा खुमन अधिकारी, महासचिवमा घनश्याम रिजाल, उपमहासचिवमा शंकर विरही गुरुङ, सचिवमा रमेश बाबु थापा, कोषाध्यक्षमा भिमु गुरुङ्ग र सह–कोषाध्यक्षमा प्रसाद लामिछाने सर्वसम्मत चयन भएका छन् ।

Batas

यस्तै सदस्यहरुमा राजु गुरुङ्ग, सुजन लम्साल, राजन कार्की, विक्रम गुरुङ्ग,नर बहादुर राना ‘‘सुरेश’’, चेतन गोतामे, प्रकाश पराजुली, कमला गैरे, बत्ती थापा चयन भएका छन् । समितिको प्रवत्तामा कलाकार निर आले नियुक्त भए ।

स्याङजा श्रष्टा सदन २०७४ सालमा गठित भएको हो । संस्थाका पहिलो अध्यक्ष सर्जक रमेश बिजी हुन् । अध्यक्षको कार्यकाल २ वर्षको रहन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.