www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाका नारायणप्रसाद भण्डारी दाङमा मृत भेटिए

स्याङजा ।

स्याङ्जाका एक व्यवसायी दाङमा मृत फेला परेका छन् ।

स्याङ्जा घर भई दाङमा व्यवसाय गर्दै आएका एक जनाको शव होटलमा फेला परेको जनाइएको छ ।प्रहरीका अनुसार घोराही उपमहानगरपालिका १५ स्थित स्वर्गद्वारी टोलमा रहेको निशा तन्दुरी होटलमा स्याङ्जा चापाकोट नगरपालिका १ का नारायण प्रसाद भण्डारी मृत फेला परेका हुन्।

उनी शनिबार साँझ तन्दुरी होटलमा मादक पदार्थ सेवन गरी सुतेको र आइतबार बिहान ६ बजे कोठमा हेर्दा मृत अवस्थामा भेटिएका थिए। उनले घोराहीस्थित सब्जीमन्डी नजिकै बेबीशप पसल सञ्चालन गर्दै आएको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.